arrow

समानुपातिक मतः एमाले अगाडि, कुन कुन दलले पार गरे थ्रेसहोल्ड ? (७ः३० बजेसम्म)

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
samanupatik5.JPG

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै छ । 

एमालेले अहिलेसम्म २५ लाख ६६ हजार ४७ मत जितेको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २४ लाख ८० हजार ४२२ मत ल्याएको छ । 

तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले १० लाख १६ हजार ३२ मत ल्याएको छ । चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले ३ लाख ४५ हजार ३३७ मत ल्याएको छ । 

पाँचौं स्थानमा रहेको राष्ट्रिय जनता पार्टी राजपाले २ लाख ८७ हजार ६६३ मत ल्याएको छ । 

छैटौं स्थानमा रहेको राप्रपाले १ लाख ६८ हजार ६७७ मत ल्याएको छ । 

सातौं स्थानमा रहेको विवेकशील साझा पार्टीले १ लाख ६८ हजार ३०९ मत ल्याएको छ । 

नयाँ शक्ति पार्टीले ६७ हजार ६८० मत, राप्रपा प्रजातान्त्रिकले ६२ हजार ३४७ मत तथा राष्ट्रिय जनमोर्चाले ४० हजार ५९३ मत ल्याएको छ । 

कुन कुन दलले थ्रेसहोल्ड पार गरे ? 
सामान्यतयाः खसेको तीन प्रतिशत मत ल्याउनु पर्ने भएकाले एक करोडको औसत निकाल्दा तीन लाख मत ल्याउनेले थ्रेसहोल्ड कटाउँछन् ।े

त्यही सिद्धान्तलाई लागु गर्दा अहिलेसम्म एमाले, काँग्रेस, माओवादी र संघीय फोरमले थ्रेसहोल्ड कटाए ।

राजपाले थ्रेसहोल्ड कटाउन केही हजार मत मात्र ल्याउन बाँकी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ