arrow

समानुपातिकबाट पाँच दलका मात्र सांसद ! कसको कति मत ? (विहिबार राति १०ः४० सम्म)

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
samanupatik7.JPG

काठमाडौँ ।  प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनाबाट अहिलेसम्म पाँच दलका मात्र सांसद हुने भएका छन् । जारी मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ । 

निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले २९ लाख १२ हजार ९४८ मतका साथ पहिलो स्थानमा छ । 

एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले २८ लाख २८ हजार ५०५ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ । 

त्यस्तै नेकपा माओवादी केन्द्र ११ लाख ७० हजार ४५० मतसहित तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले ४ लाख १३ हजार ९५६ मत पाएको छ । 

त्यसैगरी राष्ट्रिय जनता पार्टी राजपा नेपालले ३ लाख ७१ हजार ४७, विवेकशील साझाले १ लाख ९५ हजार ८५१, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १ लाख ८७ हजार ३८७, नयाँ शक्ति पार्टी नेपालले ७४ हजार ८९२, राप्रपा प्रजातान्त्रिकले ७३ हजार ६०० र नेपाल मजदुर किसान पार्टीले ५२ हजार २२६ मत ल्याएको छ । 

अहिलेसम्म पाँचौं स्थानमा रहने दलका मात्र सांसद बन्ने  सम्भावना रहेको छ। (यसअघि भूलवश सात पार्टी भएकामा क्षमाप्रार्थी छौं –सम्पादक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ