arrow

राजेश हमाल किन पुगे ओली निवास बालकोट

logo
प्रकाशित २०७४ पुष १ शनिबार
oli-hamal.jpg

भक्तपुर । वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा त्यसका नेतृत्वकर्ता नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महानायक राजेश हमालले बधाइ दिएका छन् । हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता,शान्ती र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिएका छन् ।

 शनिवार ओली निवास बालकोट पुगेर हमालले अध्यक्ष ओलीको  राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएको बताए । अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने बताए ।‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ ओलीले भने ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’

ओलीले चलचित्र हिरोहरुले  चलचित्रमा अभिनय मात्र होइन कि  देश बनाउनका लागी साँच्ची नै भूमिका निवार्ह गर्नुपर्ने बताए । ‘देश निर्माणका लागी अभिनय मात्र होइन तपाईंहरुबाट साँच्चीकै सहयोगको अपेक्षा गरिएको छ ’ हमाललाई ओलीले भने। हमालले पनि देशले आफूहरुबाट गरेको अपेक्षा पुरा गर्न कुनै कसर बांकी नराख्ने प्रतिबद्धता जनाए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ