arrow

प्रचण्ड सरेको डेरा कि घर ? अढाइ वर्षअघि नै भएको थियो खुलासा !

logo
प्रकाशित २०७४ पुष २ आइतबार
pmprachandadahal.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाजिम्पाटको सर्वसुलभ स्थानको घर छाडेर ललितपुरको खुमलटारमा नयाँ डेरामा सरेको प्रसंग पेचिलो बन्दै गएको छ । 

उनी नयाँ डेरामा सरेका हुन् कि आफ्नो नयाँ घरमा भन्ने विषय पेचिलो बनेको हो । किनकि उनी छोरा प्रकाश दाहालको लाजिम्पाट घरबाटै निधन भएपछि त्यो घर छाडेको बताइए पनि अहिले सरेको त डेरा नभइ घर नै भएको बताइन्छ । 

यसको खुलासा दृष्टि साप्ताहिकले साढे २ वर्ष अगाडि नै गरेको थियो । दृष्टिको ०७२ असार १७ गते प्रकाशित समाचारमा ललितपुरको खुलमटारमा प्रचण्डले ‘भगवती भिल्ला’ नाम गरेको बंगला तत्कालीन माओवादीका मनोनित सभासद् ल्यारकाल लामाको सहयोगमा किनेको उल्लेख छ । 

त्यतिबेला नै उक्त बंगलामा प्रचण्ड पुत्र प्रकाशलाई सार्ने तयारी भइरहेको जनाइएको थियो । प्रचण्डले उक्त बंगला कम्प्युटर तथा इलेक्ट्रोनिक्स व्यापार गर्न विजयकृष्ण श्रेष्ठसंग खरिद गरेका थिए । त्यतिबेलै भित्रि सजावट भइरहेको उक्त घरको रेखदेख प्रकाश र उनकी कान्छी पत्नीले गरिरहेको पनि दृष्टिले लेखेको थियो । 

नयाँ एकाउन्टेन्ट निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले प्रचण्डको हिसाब हेर्दै आएको पनि दृष्टिले छापेको थियो । नुवाकोट घर भएका ठेकेदार अधिकारीकै नाममा प्रचण्डले उक्त विशाल बंगला किनेको पनि दृष्टिले छापेको थियो । 

अधिकारीले प्रकाशको सबै खर्च सम्हाल्दै आएका थिए । उनले सैलुङ कन्स्ट्रक्सन नामक निर्माण कम्पनी चलाउँदै आएका छन् । तर उनको ठेक्कापट्टाको काम भने खासै चलेको छैन । उनको सम्पत्ति रातारात बढेको देखेर माओवादीहरु नै छक्क परेका छन् । 

प्रचण्डले ललितपुर महानगरपालिका १५ स्थित खुमलटारमा रहेको निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको नाममा रहेको घरलाई शुक्रबार साँझदेखि आफ्नो नयाँ डेरा बनाएका छन् । अधिकारीको ललितपुर मानभवनमा रहेको अर्को घरमा एमाले-माओवादी केन्द्रका नेताबीच पार्टी एकता र चुनावी तालमेलको सहमति भएको थियो ।

शैलुङ इन्भेष्टमेन्ट ग्रुप र पावर कम्पनीका अध्यक्ष एबं कार्यकारी निर्देशक समेत रहेका अधिकारी माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सूचीमा छन् । समानुपातिक सूचीको बन्दसूचीमा उनको नाम ३३ नम्बरमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ