४ नं प्रदेशको मुख्यमन्त्री बन्न दुई गुरुङबीच होडबाजी, कोइराला च्याखे थाप्दै
प्रकाशित २०७४ पुष २ आइतबार
606
Shares
काठमाडौं । प्रदेश सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत्को समेत मत परिणाम आईसकेपछि बहुमत प्राप्त गरेको बाम गठबन्धन मुख्यमन्त्री र प्रदेशमन्त्रीहरुको तयारीमा जुटेको छ । पार्टीका प्रमुखहरुसम्म पार्टीको मन्त्री र मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्नको लागि निर्वाचित सांसद्हरु शक्तिकेन्द्र धाउन थालिसकेको छन् ।
अन्य शक्तिसँग प्रतिस्पर्धा गर्न नपर्ने भएपछि अहिले पार्टी भित्र नै मन्त्री र मुख्यमन्त्रीको टिकट पाउनको लागि सांसद्हरुशक्तिकेन्द्र धाउन थालेका हुन् । ४ नं प्रदेशमा कूल ६० सदस्य रहेकोमा बहुमतका लागि ३१ सदस्य आवश्यक पर्दछ । जसमा एमाले एक्लैले २७ सिट ल्याएको छ भने गठबन्धनमा जोडिएको माओवादीले १२ सिट र काँग्रेसले १५ सिट ल्याएको छ ।
४ नं प्रदेशमा राष्ट्रिय जनमोर्चाले ३ सिट र स्वतन्त्र ३ सिट आएको छ । कूल ३१ सदस्य चाहिनेमा बाम गठबन्धनको मात्रै ३९ सिट आएको छ । यसरी बाम गठबन्धनको सरकार बन्ने निश्चित रहेकोले यहाँ बाम गठबन्धन भित्रकै निर्वाचित सांसद्हरु मुख्यमन्त्रीको लागि प्रतिस्पर्धामा छन् ।
यहाँ नेकपा एमालेको तर्फबाट २ जना उम्मेदवारहरुको नाम चर्चामा छ । एमालेका केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङबीच मुख्य मन्त्रीको लागि हानाथाप सुरु भएको छ । ओली निकट मानिने पृथ्वी र उपाध्यक्ष बामदेव गौतम निकट मानिने किरणबीचको यो प्रतिस्पर्धामा पार्टीले कसलाई उम्मेदवार बनाउनछ त्यो दुई आकांक्षीमा भर पर्ने कुरा हो ।
उता, माओवादी केन्द्रले पनि अन्यत्र नभएपनि ४ नं र ६ नं मा मुख्यमन्त्रीको लागि भाग खोजेको छ । यी दुबै नहुने भन्दै मुख्य मन्त्री आफू बन्ने भन्दै माओवादी केन्द्रका दिपक कोइरालाले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनले पनि प्रदेश ४ माओवादीको भागमा पर्ने भन्दै आफूले मुख्यमन्त्री पाउनेमा आफू ढुक्क जस्तै भएको बताउने गरेका छन् ।
किरण गुरुङ तनहुँ क्षेत्र नं २ख बाट प्रदेश सभा सदस्य निर्वाचनमा विजयी भएका हुन् । उनले कूल १५ हजार ६ सय ३० मत पाएका थिए । त्यस्तै, कास्की क्षेत्र नं १ को प्रदेश क बाट विजयी भएका दिपक कोइराला पनि प्रदेश मुख्यमन्त्रीका दाबेदार बनेका छन् । कोइरालाले एमालेका किरण गुरुङले टिकट नपाएको खण्डमा उनीसँगको साँठगाँठमा प्रदेश मुख्यमन्त्री बन्ने दाउमा देखिन्छन् ।
आफू बर्दियाबाट पराजीत भएका गौतमले आफू निकटका गुरुङलाई जसरी पनि मुख्यमन्त्री बनाईदिनको लागि पार्टीमा लविईङ सुरु गर्न थालेका छन् । यसले पनि ४ नं प्रदेशको मुख्यमन्त्री बन्न चाहनेहरुबीचको घमासान प्रतिस्पर्धा अझै रोचक बन्न थालेको छ ।