'सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्न भन्नु सर्वसत्तावाद’
प्रकाशित २०७४ पुष २ आइतबार
536
Shares
दमौली, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताए। गृहजिल्ला तनहुँ आइपुगेका वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा भने,“दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु राम्रो होइन ।” राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा र प्रधानमन्त्री चयनको प्रक्रिया शुरु नहुने पौडेलको भनाइ थियो।
सरकारले नियुक्त गरेको प्रदेशसभा प्रमुखसँग वाम गठबन्धनका नेताले शपथ लिन्न भन्नु सर्वसत्तावाद र अधिनायकवादको संकेत भएको विचार पनि उनले राखे ।
आइतबार वरिष्ठ नेता पौडेलले आँबुखैरेनीको वरादी र विमलनगरका मतदातालाई भेटेर धन्यवाद दिएका थिए । चुनावमा पराजय भोगे पनि आफू जिल्लाको विकास र समृद्धिका लागि लागिरहने पौडेलले बताए। पौडेल नेकपा(एमाले)का कृष्णकुमार श्रेष्ठसँग चुनावमा पराजित भएका छन् । रासस