arrow

माओवादी बैठक : यस्तो आयो निष्कर्ष

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
maobadi4.jpg

काठमाडौं। नयाँ ससरकार गठनमा देखिएको अवरोधबारे छलफल गर्न बसेको माओवादी केन्द्रको बैठकले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

राष्ट्रिय सभा गठन सम्बन्धि विवाद राजनीतिक विषय हो। यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ। शीर्ष नेताहरु बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कुटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद प्रकट गरेको छ।

सोमबार बसेको बैठकले बाम गठबन्धन बनाएर चुनावमा होमिदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ। बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय पनि गरेको छ।

ूजनताले बाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन्। पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले रोकेर रोकिँदैन प्रवक्ता भुसालले भनिन् । समानुपातिकमा माओवादी केन्द्रको कम मत आउनुमा ६० प्रतिशत स्थानमा उम्मेद्वार नहुनु र समानुपातिक तर्फको व्यवस्थित प्रचार नहुनु मूख्य कारण रहेको पनि प्रवक्ता भुसालले जानकारी दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ