arrow

अध्यादेश समझदारीबाट टुङ्गो लगाउनुपर्छ : टोपबहादुर रायमाझी

logo
प्रकाशित २०७४ पुष ४ मंगलबार
top-bahadur-rayamajhi.jpg.jpeg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले राष्ट्रियसभा गठनसम्बन्धीको अध्यादेश समझदारीबाट टुङ्गो लगाउनुपर्ने बताएका छन् ।  

रिपोर्टर्स क्लबले मंगलवार यहाँ आयोजना गरेको अन्तरक्रियामा नेता रायमाझीले संविधान जारी गर्दा राष्ट्रियसभाको निर्वाचनसम्बन्धी दलहरुबीच एकल संक्रमणीय र बहुमतीय व्यवस्थामा प्रस्ट नभएका कारण मध्यम मार्गबाट सहमति खोज्नुपर्ने बताए ।

एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले करिब दुई तिहाइ मत प्राप्त गरेकाले सरकारले नयाँ जनमतको सम्मान गरी नैतिकताका आधारमा पनि चाँडो राजीनामा दिनुपर्ने बताउँदै उनले अबको उद्देश्य भनेको आर्थिक समृद्धि भएकाले सबै दलले आपसी सहकार्य, एकता र समझदारी कायम गरी अगाडि बढनुपर्ने प्रस्ट पारे।

नेकपा (एमाले)का युवानेता महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आगामी माघ ७ गतेभित्रै नयाँ सरकार बन्ने बताउँदै वाम गठबन्धनको पक्षमा जनमत आएकाले एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्ने दाबी गरे। उनले सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको राष्ट्रियसभासम्बन्धी अध्यादेश जनमतको विपरीत भएको भए पनि त्यसलाई समझदारीका आधारमा निर्णय लिनुपर्ने बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ