arrow

ओलीको अध्यक्षतामा नेविसंघ सिटिईभिटी केन्द्रिय समन्वय समिति गठन

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
ctevt-nebisangh.jpg

काठमाडौं। नेपाल विद्यार्थी संघ सिटिईभीटिको राष्टिय भेला नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । राजधानीको सिटिइभीटि अन्तर्गतको आंगिक क्याम्पस बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा भएको भेलाले सिटिईभीटि केन्द्रिय समन्वय समितिमा कर्ण ओलीलाई अध्यक्षको जिम्मेवारी दिदै सम्पन्न भएको हो । 

यस्तै समितिको सचिबमा मधुसुदन पराजुुली चयन भएका छन् । नेविसंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा अर्का उपाध्यक्ष डिल्लिराम सुवेदी , केन्द्रिय सदस्य शुशिल भट्ट, पुुष्पराज बस्नेत, नवराज त्रिपाठी, पूर्व केन्द्रिय सदस्य गणेश सापकोटा , साथै विद्यार्थी नेताहरु विपिन अधिकारी, गोपी सिवाकोटी, परोपकार अधिकारी ,हरी आचार्य, समधुर बराल, सुमन पाण्डे लगायतको उपस्थित थिए ।

नेविसंघका देशभरबाट सिटिइभिटीका प्रतिनिधी विद्यार्थीहरुले भेला गरी ओलीलाई चयन गरेका हुुन् । 

नेविसंघमा अझै पदाधिकारी लगायत विभिन्न विभाग र विश्वविद्यालय समितिले पूूर्णता पाउन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ