पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काको प्रतिवद्धता –भेरी उपत्यकालार्ई आधुनिक शहरका रुपमा जनतालाई सुम्पन्छु
प्रकाशित २०७४ पुष ५ बुधबार
706
Shares
सुर्खेत । नेपाली काँग्रेसका पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको भेरी उपत्यकालाई अबको १५ बर्षभित्र आधुनिक शहरका रुपमा जनतालार्इ सुम्पने आफ्नो योजना रहेको बताएका छन् ।
यसअघि २०७० सालको निर्वाचनको निर्वाचनका बेला आफूले स्थानीयलार्र्र्इ भेरी वारीपारी रहेका वस्तीहरुलार्र्र्इ आधुनिक शहरका रुपमा विकास गर्ने भनेर गरेको प्रतिबद्धता अनुसार त्यसका लागि आवश्यक पूर्वाधार विकासका कार्यहरु भैरहेको बताए ।
काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खड्काले सुर्खेतका विभिन्न क्षेत्रमा बाढीले कटान गरेका र बाढीले क्षति पुर्याउन सक्ने सम्भावित ठाउँहरुमा नदी नियन्त्रणको लागि ९६ करोड रुपैयाँको बजेट स्वीकृत गराइसकेको पनि उनले जानकारी गराएका छन् ।
यस्तै धारापानीका प्रत्येक गाउँहरु छुने गरि रिङरोड बनाउन ४० करोड छुट्याइएको समेत खड्काले बताए ।
लोकतन्त्रको संस्थागत विकास र रक्षाका लागि काँग्रेसको जीत अपरिहार्य रहेको बताउँदै खड्काले देशमा २४० बर्षीय निरंकुश शासन काँग्रेसकै नेतृत्वमा अन्त्य भएको उल्लेख गरे ।
विभिन्न समयमा मित्र राष्ट्रहरुबाट सहयोग प्राप्त गर्नेदेखि हरेक समयमा काँग्रेसले सफल नेतृत्व गरेको उल्लेख गर्दै पूर्व गृहमन्त्री समेत रहेका खड्काले अब पनि देशको समृद्धिका लागि काँग्रेसको नेतृत्व अपरिहार्य रहेको औँल्याए ।
६ नं प्रदेश स्थापनामा आफ्नो महत्वपूर्ण भूमिका रहेको भन्दै उनले विपक्षीहरुले यसलार्इ उल्ट्याएर आफूमाथि आरोप लगाउन थालेको बताए ।
नेपालीहरुलाई लोकतान्त्रिक परिपाटीमा पुर्याउन काँग्रेसको बचनवद्धता पूरा भएको बताउँदै उनले हालसम्मका लोकतान्त्रिक उपलब्धीहरुमा काँग्रेसको मूख्य भूमिका रहेको उल्लेख गरेका छन् ।