arrow

राष्ट्रपति कार्यालयमा ओली र प्रचण्ड

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
oli-prachanda.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शितल निवास गएका छन् । 

ओली र प्रचण्डले पछिल्लो राजनीतिक परिवर्तनका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीसंग छलफल गरिरहेको बुझिएको छ । 

छलफलमा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन् । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले पेश गरेको राष्ट्रिय सभा अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किएपछि प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

ओली र प्रचण्ड भने देउवाले सहजै सरकार छाडिदिउन् भनी चाहिरहेका छन् । 

राष्ट्रपतिले एमाल र माओवादीकै सल्लाहमा अध्यादेश रोकेको आरोप काँग्रेसले लगाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ