arrow

राष्ट्रपतिको कदम विरुद्ध नेविसंघ आन्दोलनमा 

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
nebisangh1.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलन नै गर्ने भएको छ । 

नेविसंघले यही पुस ९ गते आइतबार राजधानीको विश्वभाषा क्याम्पसमा बृहत प्रदर्शन गर्ने जनाएको छ । 

नेविसंघ केन्द्रिय समितिको आयोजनामा राष्ट्रपतिले राष्ट्रिय सभा गठन अध्यादेश रोकेर संविधानभन्दा माथि उठ्न खोजेको भन्दै चर्को विरोध गर्ने नेविसंघले जनाएको छ । 

नेविसंघका महामन्त्री कुन्दन काफ्लेले सरकारले दुई महिनाअघि नै पेश गरेको राष्ट्रिय सभा गठन अध्यादेश रोकेर संविधानकै खिल्ली उडाएको भन्दै त्यसको विरोधमा कार्यक्रम गर्न लागिएको जनाए । 

नेविसंघले राष्ट्रिय सभा गठन अध्यादेश तत्काल जारी गर्नसमेत माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ