तत्काल केन्द्रीय समिति नबोलाए हस्ताक्षर अभियान चलाउने शेखरको चेतावनी
कुमोद अधिकारी,
प्रकाशित २०७४ पुष ७ शुक्रबार
397
Shares
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रतिनिधि र प्रदेशसभामा पार्टीले भोगेको पराजय र राष्ट्रसभामा उठेका विवादका विषयमा छलफलगर्न पार्टीले तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनको आयोजनामा विराटनगर स्थित कोइराला निवासमा शुक्रबार विहान संचारकर्मीहरुसँगको छलफलका कार्यक्रममा उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठकको बसाउनका लागि पनि केन्द्रीय समितिको वैठकको आवश्यक रहेको बताए ।
एक हप्ताभित्र केन्द्रीय समितिको बैठक नबोलाए हस्ताक्षर अभियान संकलन गर्न आफुहरु बाध्य हुने समेत उनले चेतावनी दिए । उनले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै उनले अब पार्टीको सङ्गठन टोल–टोलसम्म पु¥याउनुपर्ने बताए।
पार्टीभित्रैबाट अन्तर्घात भएको कारण आपूm निर्वाचनमा पराजय भएको प्रसङ्ग उल्लेख गर्दै उनले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने आवश्यकता औंल्याए ।
अब नेपाली काँग्रेसले संसद्मा कस्तो भूमिका खेल्छ ? भन्ने पत्रकारको जिज्ञासामा उनले नेपाली काँग्रेसले पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रीत हुने स्पष्ट पारे ।
पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाको सम्बन्धमा उनले भने, “म राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वभाविक हो ।” उनले बहुमतीय प्रणालीमा जाँदा संविधानले ग्यारन्टी गरेको समावेशी सिद्धान्त धरापमा पर्ने भएकाले राष्टपतीले राष्ट्रसभा सम्वन्धि अध्यादेशमा स्वीकृत प्रदान गर्नुपर्ने बताए । नेता कोइरालाले राष्ट्रपतीले राष्ट्रसभा सम्वन्धि विधेयकमा लालमोहर लगाएर नयाँ सरकार गठनका लागि बाटो खोल्नुपर्ने बताए ।
उनले संविधानमा समावेशी समानुपातिका कुरा उल्लेख भएकाले राष्ट्रसभामा पनि बहुमतीय प्रणालीमा नभई समावेशी र समानुपातिक प्रणाली अनुसार सदस्य चयन हुनुपर्ने बताए ।
उनले नया सरकार गठन भएपछि राष्ट्रसभा समावेशी हुन नसक्ने भएकाले राष्टसभाको विषयलाई टुग्याएर सरकार गठनगर्दा उतम हुने बताए ।