arrow

बस दुर्घटनामा वडा सदस्यको मृत्यु

logo
प्रकाशित २०७४ पुष ८ शनिबार

पोखरा। कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ।

पोखराबाट भाचोकतर्फ गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए। दुर्घटनामा छ जना यात्रु घाइते भएकामा स्थानीय मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ