arrow

७ नम्बर प्रदेशमा पनि राजधानीका लागि आन्दोलन, देउवाकाे जिल्लामा चक्काजाम

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
dadeldhura.png

डडेल्धुरा । प्रदेश ७ को राजधानी पहाडी जिल्लामा हुनु पर्ने माग गर्दै डडेल्धुरामा चक्काजाम भएको छ । डोटी, डडेल्धुरा, अछाम, बाजुरा, दार्चुला र बैतडीका स्थानीयले पहाडी जिल्लामै राजधानी हुनुपर्ने माग गरेका छन् भने केही राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु तराईमा बनाउनु पर्ने पक्षमा उभिएका छन् ।  

प्रदेशको आर्थिक र सामाजिक विकासका लागि पहाडमै राजधानी बनाउनु पर्ने भन्दै शनिबार डडेल्धुरामा चक्काजाम भएको हो ।  डडेल्धुरा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकाे गृहजिल्ला हाे ।

पहाडी क्षेत्रको उपयुक्त स्थानमा राजधानी कायम गर्न सरकारलाई दबाब दिने उद्देश्यले संघर्ष सुरु भएको संघर्ष समितिका संयोजक प्रकाश बहादुर साउदले बताए । डडेल्धुराको बागबजारमा भएको कोणसभामा साउदले सुरक्षाको दृष्टीले पनि तराई राजधानीका लागि उपयुक्त नरहेको जिकिर गरे ।

प्रदेश राजधानीका विषयमा राजनीतिक दलहरुको धारणा पनि संकलन भइरहेकाले थप दबाबका लागि आन्दोलनमा उत्रनु परेको संघर्ष समितिका सदस्य गुणाकर चटौतले बताएका छन् । माओवादी केन्द्रका केही नेताले कैलालीको अत्तरियामा राजधानी हुने बताइरहेका छन्, भने एमाले र काँग्रेसका नेताहरु पहाडमै राजधानी बनाउनु पर्ने भनिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ