उपेन्द्रले भने, ‘अहिले अध्यादेश लालमोहर लगाइदिउँ, पछि संशोधन गर्नु बुद्धिमानी हुन्छ'
प्रकाशित २०७४ पुष ९ आइतबार
212
Shares
काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणिकरण गर्नु अनुरोध गरेका छन् ।
राष्ट्रपतिसँगको भेटमा यादवले राष्ट्रिसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणित नहुँदासम्म निर्वाचनपछिको प्रक्रिया अघि नबढ्ने भएकाले प्रक्रिया अघि बढाउन पनि त्यसलाई गम्भीरतासाथ लिन राष्ट्रपतिलाई अनुरोध गरे ।
उनले भनेका छन्, ‘मैले राष्ट्रपतिलाई यसबारे गम्भीर र चिन्तित पाएँ । तर उहाँको कुनै स्पष्ट प्रतिक्रिया वा आश्वास दिनु भएन ।’ यादवले, ‘मैले अध्यादेश पढेको छैन तर, सबै प्रक्रिया रोक्ने गरी अध्यादेशलाई अनिर्णयको बन्दी बनाउनुको सट्टा त्यसलाई अहिले प्रमाणिकरण गरी आवश्यक परेमा संसद गठन भएपछि संशोधन गर्नु बुद्धिमानी हुन्छ, भनेका छन् । उनले अहिले अध्यादेशमा लालमाेहर लगाए पनि भाेलि सच्याउन मिल्ने बताए ।
छलफलमा फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागि भएका र्थि । राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रणालीबारे दलहरुबीच विवाद देखिएको भन्दै फोरमको धारणा माग्न शीतल निवास बोलाएकी थिइन् ।
फोरम अध्यक्ष यादवले काँग्रेस र एमालेले नाफाघाटा हेर्दा यो अवस्था आएको समेत बताएका छन् । दलहरुको नाफाघाटा भन्दा पनि मुलुकलाई फाइदा हुने बाटोबाट अघि बढ्नु पर्ने यादवको भनाई छ ।