arrow

पत्रकार अगाडि निर्देशक आक्रामक हुँदा ट्रेलरमा रिसाए आर्यन

बसन्तले जुन कलाकारको अनुहार हेरेर निर्माता ७० लाख लगानी गर्छ, त्यो व्यत्तिः नै नआउनु आफैमा धोका दिए सरह भन्दै आक्रोश पोखे ।

logo
हाम्रा कुरा
प्रकाशित २०७२ माघ १२ मंगलबार
Aabeg.jpg.jpeg
काठमाडौ । जो माथि विश्वास गरेर निर्माताले पैसा लगाउँछन्, त्यो व्यक्ति नै फिल्मको कार्यक्रममा उपस्थित नहुँदा त्यसको रिस निर्देशकलाई कति उठ्ला, यो कुराको अनुमान लगाईरहनु पनि पर्दैन । आगामी चैत्र १२ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘आवेग’को ट्रेलर र संगीत सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य अभिनेता आर्यन सिग्देल नै अनुपस्थित भएपछि निर्देशक बसन्त निरौला उनीप्रति आक्रोशित देखिए । उनले जुन कलाकारको अनुहार हेरेर निर्माता ७० लाख लगानी गर्छ, त्यो व्यत्तिः नै नआउनु आफैमा धोका दिए सरह भन्दै आक्रोश पोखे ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राई प्रमुख अतिथि भएको कार्यक्रममा फिल्मका निर्देशक बसन्त निरौला, कलाकार रमेश बुढाथोकी, निर्माता सूर्यबहादुर कार्की, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलगायतले संयुक्त रुपमा अडियो सार्वजनिक गरे । 

कार्यक्रममा कलाकार संघका अध्यक्ष बोगटी र निर्देशक समाजका अध्यक्ष डिसीले चलचित्र नीति कार्यान्वयन, बक्स अफिस र सेलिब्रेटी कार्डलगायतका विषय कार्यान्वयन गर्न मन्त्रीलाई आग्रह गरेका थिए । 

मन्त्री राईले नेपाली फिल्म क्षेत्रलाई उद्योगका रूपमा विकास गरी मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा अगाडि बढाइने आश्वासन दिँदै फिल्मकर्मीले उठाएका मागलाई पुरा गर्न आफु तत्पर रहेको बताए । उनले नेपाली फिल्म क्षेत्रलाई व्यवस्थित गर्नेबारे विगतका दिनमा सरकार र राज्य चुक्दै आएको हुँदा अबका दिनमा सो क्षेत्रलाई प्राथमिकताका साथ व्यवस्थित गरी उद्योगका रूपमा अगाडि बढाइने बताए । 

सञ्चारमन्त्री राईले फिल्म क्षेत्रलाई अझै विकास गर्न सो क्षेत्रसँग सम्बन्धित कलाकार, निर्माता र सम्बन्धित संस्थाबीच एकताको आवश्यकता औल्याए । पछिल्लो पटक ल्याइएको चलचित्र नीति अलि अपूर्ण भए पनि महत्वपूर्ण भएकाले त्यसको कार्यान्वयनका लागि सरकारले गृहकार्य गरिरहेको उनको भनाई थियो ।

निर्माता कार्कीले पहिलो फिल्म बनाउँदा आफु नराम्रो घाटामा गएको स्मरण गर्दै दोस्रो फिल्मबाट भने केही आशा जागेको बताए । फिल्ममा आर्यनसहित पवित्रा आचार्य, अर्चना गेलाल, ध्रुव दत्त, रमेश बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन । सार्वजनिक भएको फिल्मको ट्रेलरमा आर्यनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। कार्यक्रममा फिल्मकी नायिका अर्चना डेलाल, ध्रुव दत्त पनि देखिएनन् । ध्रुव बेलायतमा बस्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ