काठमाडौं । नेपाली काँग्रेस मकवानपुरमा जिल्ला सभापति तथा हालै निर्वाचित प्रदेश सभा सदस्य इन्द्र बहादुर बानियाँलाई पितृ शोक परेको छ ।
पूर्वराज्य मन्त्री समेत रहेका बानियाँका पिता क्षेमबहादुर बानियाँको ७९ वर्षको उमेरमा सोमबार विहान काठमाडौको बयोधा अस्पतालमा निधन भएको हो ।
उनको सोमबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । अन्त्यष्टी गर्नुपूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरे ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, बालकृष्ण खाँण, अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायतले उनलाई आर्यघाटमै पुगेर श्रद्धान्जली दिए ।
मकवानपुर निवासी बानियाँका श्रीमती, दूई ओटा र ६ छोरी छन् । जेठा छोराको भने केही वर्ष अघि दुर्घटनामा परी निधन भएको थियो ।
पिसावमा सामन्य समस्या भएपछि दश दिन अगाडी अस्पतालमा भर्ना भएका बानियाँको उपचार सफल नभएर निधन भएको परिवारका सदस्यले बताएका छन् ।