arrow

मुख्यमन्त्रीका आकांक्षी केसव स्थापित थला परे, के भयो ? 

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
keshav-sthapit.jpg

काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्रीका आकांक्षी एमाले नेता केसव स्थापित थला परेका छन् । उनी मंगलबार बिहानदेखि घरमै आराम गरेर बसिरहेका छन् । 

के भयो त ? क्रिसमसको अवसर पारेर उनी साथीहरुसंग आगो तापेर राति अबेरसम्म बसेका थिए । त्यसले नै उनलाई बिरामी बनायो । 

उनले भने, ‘साथीहरुसंग बसेर आगो तापेको मलाई त एसिडिटी बढेछ ।’ खोक्दै उनले भने, ‘आज एक दिन त घरमै आराम गर्नुपर्ने भयो ।’

सोमबार साँझ उनले आफ्नो समय श्रीमतीलाई दिएका थिए । उनले भने, ‘मेरी श्रीमती क्रिष्चियन हुन्, आज त उनलाई समय दिनु पर्यो नि ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ