arrow

जनमतलाई नेपाली कांग्रेसले अपमान गर्‍यो : नेता नेपाल

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
madhav-nepal.jpg

काठमाडौं। एमालेका नेता माधवकुमार नेपालले मुलुकमा प्राप्त जनमतलाई नेपाली कांग्रेसले अपमान गरेको आरोप लगाएका छन्। पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौंले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले भने –“जनादेश अनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा कांग्रेसले सत्ता लम्बाउनका लागि अनेक बखेडा निकालेको छ।”

नेता नेपालले नेपालको संविधान संसारकै गर्भ गर्न लायक रहेको बताउँदै त्यसलाई कार्यान्वयनमा ल्याउन सचेत ढंगबाट सबै राजनीतिक दल लाग्नुपर्नेमा जोड दिए। जनताको अधिकार सुनिश्चित गर्न वाम गठबन्धन कहिलै पछि नहटेको चर्चा गर्दै उनले “कम्युनिस्टले प्रजातान्त्रिक प्रणाली खान्छन कि लोकतन्त्र खान्छन् वा अधिनायक ल्याउँछन् भनेर जनतालाई झुक्याउने दिन समाप्त भएको छ, वामपन्थी त्यसमा सचेत छन्,” भने।

पूर्वप्रधानमन्त्री नेपालले अब इमान्दारिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर राज्य सञ्चालन गरिने बताउँदै योग्य मान्छेलाई जिम्मेवारी दिइने व्यवस्था गरी विकास निर्माणको अध्याय शुरु गरिने धारणा व्यक्त गरे।

“इमान्दारीपूर्वक काम गर्ने हो भने समृद्धि र विकास टाढा छैन”, उनले भने। नेता नेपालले आफ्नो पार्टी र एमालेका बीच एकता हुनेमा आशङ्का नगर्न आग्रह पनि गरे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ