arrow

सन्तानको शिक्षासंग जोडिएको एक भरियाको कथा

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ पुष १२ बुधबार
din-raj-danai-palpa.jpg

पाल्पा। हिउँदको जाडो वा बर्खाको झरी। केहीको प्रवाह नगरी दिन रात मजदुरी गरिरहेकाछन् दिनराज दनाई। लमजुङ जिल्लाको परेवा डाडाँबाट आई १४ वर्ष देखी तानसेनका गल्लीहरुमा टाउकोमा नाम्लो राखी भारी बोक्दै उकाली ओराली गर्दै आएका उनको हत्केला र पैताला पटपटी फुटेको छ। तर उनी कति पनि बिचलित छैनन् आफ्नो सपनाप्रति। जेनतेन कक्षा ३ सम्म पढे्का ७० वर्षीय दनाईको सपना छ छोराछोरीहरुलाई राम्रो शिक्षा दिई असल सन्तती बनाउने।   

बाबुको ४ छोरी र २ छोरा मध्य जेठा सन्तानको रुपमा जन्मेका दनाईको भाई बिते पछि बुबाले पढ्नकै लागी भन्दै भारत लगेका थिए। ३ कक्षा पढ्दै गरेका दनाईलाई बुवाले पढाएको सद्मा गरिवीको कारण देखाउदै कलकत्तामा एउटा चिया पसलमा जुठा भाडा माझ्ने काममा मासिक २० रुपैया पाउने काम लगाई दिएको दनाईले स्मरण गर्छन्। उनले स्मरण गदै भने पढ्दै गरेको पढाईलाई चटक्कै छाडेर त्यसरी त्यहाँ गएर काम गर्नु पर्दा शहरमा जति झिलिमिलि बत्ती बले पनि मन भने सधै अध्यारो नै भए जस्तो हुने। अझ भाडा माझ्यो तलव जति बाबुले बुझ्ने, पढ्न नपाउने जस्ता कुराले चिन्तीत बनाए पछि त्यहाँ बसेर काम नगर्ने निर्णयमा पुगेको थिए। उनले भने केही सयम पछि बुबाले घरमा लिएर छाडिदिए, त्यति बेला पढौँ भने पढ्ने मन मरिसक्यो थियो। अब के गर्ने? भन्ने सोचेर कामको खोजीमा आफु पोखरा बजारमा गए। त्यहाँ पनि काम गर्ने वातावरण नभएकाले कर्म र भाग्यको खोजीमा भारत तर्फ लागेको दनाईले बताए।

कामको खोजीमा भौतारिदा भौतारिदै लुघियाना भन्ने शहरमा दनाईले चौकीदारको काम पाए। भारतीय २ सय ८२ रुपैयाँ मासिक तलब पाउने भए पछि उनी निकै हर्षित थिए। जहाँ त्यहि बेला नेपालमा दिनभर काम गर्ने श्रमीकले २ रुपैया मात्र कमाउन्थे। १७ वर्ष सम्म सोही कम्पनिमा काम गरेका त्यो काम छाडेर घर फर्के। नेपालमै बसेर काम गर्ने भन्ने सोचका साथ फर्केका दनाई नेपालमा काम गर्ने वातावरण नभएकै कारण छोरा छोरीको पढाई खर्च धान्न गाह्रो भए पछि पुन महाराष्टमा कोइला कारखानामा काम गर्न थाले। उनले भने धेरै पढेको भए राम्रो पदमा काम र राम्रै पैसा पाइन्थो, तर आफुले ३ कक्षा मात्र पढेकोले कामदारकै रुपमा जागीर पाएँ, तर पनि ३ हजार २ सय तलब पाउने गरि काम पाएकोले खुसीको कुनै सिमा नै थिएन। लामो समय सम्म काम गरि घर फर्के।

घरमा बसेर बेकाम भएका दनाई गाँउका एक जना भाईले यसरी बेकाम बस्नु भन्दा जाऔँ दाई पाल्पामा गएर केही काम गरौला भने पछि उनी २०६० साल तिर पाल्पा आए। पाल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भूषणराज लवटको तानसेनमा रहेको चुरोट डिलरमा दनाईले काम गर्न थाले। यहाँबाट कमाएको पैसाले खाना र बस्न मात्र पुग्ने भएकाले छोरा छोरीको पढाईको लागी थप कमाउन नसक्ने भएकाले केही समय पछि चुरोट डिलरमा काम गर्न छोडी उनले भारी बोक्ने काम गर्न थाले। कामलाई कहिल्यै पनि सानो ठूलो नठान्ने उनी तानसेनका गल्ली गल्लीहरुमा भारी बोकेर दैनिक ५ सय देखी १५ सय सम्म आम्दानी गर्न थाले। यही कामबाट राम्रो कमाई भएकाले इमान्दार भई काम गर्दै आइरहेकाछन्। तानसेनमा उनको इमान्दारीताकै कारण ठूलो सम्मान रहेको छ। उनलाई तानसेनमा लमजुङ्गे बाजे भनेर नचिन्ने मानिस कमै होलान्।

बाबु भारतीय सेनामा जागीरे भए पनि छोरा छोरीलाई पढाउनु पर्दछ भन्ने मानसिकता नै नभएका कारण आफु पढाईबाट बञ्चित हुनुपरेकोले आफ्ना छोराछोरीहरुलाई भारी बाकेरै भए पनि शिक्षा दिक्षा दिनु पर्छ भन्ने भावनाले ओतप्रोत भएपछि मजदुरी गर्दै आएको दनाईले हाम्राकुरा डटकमसंगको कुरानीमा बताए। उनका ४ छोरी र १ छोरा छन्। दनाईले छोराछोरीलाई पढाई लेखाईका क्रममा कहिल्यै पनि केहीको कमी हुन दिएकाछैनन्। उनले छोरालाई विज्ञान विषयमा विएसी पढाउदै छन् । अहिले छोराले प्रहरी सहायक निरिक्षकमा नाम निकाली तालिममा छन्। जेठो छोरीलाई पनि अंग्रेजी विषय लिएर विए पास गराए। माइली छोरीले नेपाली विषयमा डिग्री, कान्छी छोरीलाई आइएसम्म पढाएकाछन्। सबै छोरीको विहेदान गरिदिई सकेका दनाईले छोराको विहे गर्न बाकी रहेको बताए। 

११ वर्षको उमेरमा भारतको कलकत्ताबाट श्रमीक जीवन सुरु गरेका दनाई अब उमेर र स्वास्थ्यले साथ नदिएकाले घरै गएर परिवार सँगै सुख दुख गरी बस्ने बताए। उनले भने संघर्ष र मेहनत गर्‍यो भने सफलताको शिखर चुमिदो रहेछ त्यो मेरो आफ्नो जीवनको भोगाइ हो। 

उनको जन्मथलो लमजुङ्ग जिल्लाको परेवा डाडामा भए पनि अन्तत श्रमीक जीवनको अन्त्य यहि तानसेनबाटै गर्ने भएका छन्। टाउकोमा नाम्लो राखेर भारी बोकेर तानसेन बजारको उकाली आराली गरेर झण्डै पन्ध्र बसन्त पार गरेका दनाईले नाम्लोलाई आफ्नो जीवन जीउने मुख्य आधार बनाएर तानसेनलाई कर्मथलो बनाए। 'यस अवधिमा कसैको नत चित्त दुखाए मिठो र राम्रो बोलीका कारण बजारमा सबैको लमजुङ्गे बाजे बन्नुभो'। उनि भन्छन् भारी बोक्दा कहिल्यै मलाई थकाइ लागेन। नेपालबन्द गर्दा चुल्होमा आगो नबल्ने अवस्था भयो। तर सबैको दया र मायाले गर्दा कहिल्यै खाली पेट सुत्नु परेन्।

भारी बोकेर दैनिक पाँच सय देखि पन्ध्र सय रुपैयासम्म आम्दानी गरे। 'मेरो श्रमिक जीवनको अनुभव भनेको मेहनतको धन सदैव राम्रो काममा सदुपयोग हुँदो रहेछ। अप्ठारोमा परेका बखतमा मानिसमा आशा र संग्रहको भावना राखियो भने त्यसैले डुबाउदछ'। त्यसैले आशा र संग्रहको भावना राख्नु हुदैन भन्ने आफ्नो जीवनको मुख्य अनुभव रहेको दनाईले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ