arrow

राप्रपा पदाधिकारी बैठक : भावि कार्यदिशा तय गर्ने बैठकको तिथि जुरायो

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
raprpa.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पदाधिकारी बैठकले चुनावको समीक्षा गरेको छ । वुधबार बसेको बैठकले प्रदेश तथा प्रतिनिधिसभामा पार्टीले भोगेको हार र भावि कार्यदिशाबारे छलफल भएको राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकले निर्वाचनको समिक्षा गर्दै भावि कार्यदिशा तय गर्न पार्टीको केन्द्रीय कार्य समितिको बैठक १९, २० र २१ पुसमा काठमाडौंमै बस्ने निर्णय गरेको पनि सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यस्तै, राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस एवं पौष १४ गते विरेन्द्र जयन्ती विशेष कार्यक्रम गरि मनाउने निर्णय समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ