arrow

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, के छ एजेन्डा ?

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार बिहान बस्दैछ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक डाकेका हुन् । 

बैठक प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारहरूको नामावलीको टुङ्गो लागउनका लागि डाकिएको सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

काँग्रेसले प्रदेश सभाका लागि ७२ जनाको समानुपातिकको नामावलीको टुङ्गो लगाउनुपर्नेछ । 

निर्वाचन आयोगले शुक्रबार कार्यालय समयभित्रै नामावली आयोगमा बुझाउन दलहरूलाई पत्राचार गरेको थियो । 


त्यसबाहेक बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल गरिने कार्यसूची रहेको छ । 

निर्वाचनको परिणामका विषयलाई लिएर पार्टीको बैठक बोलाउन नेपाली काँग्रेसका केही केन्द्रीय सदस्यले माग गर्दै आएका छन् । 

कार्यसम्पादन समितिको बैठकपछि केन्द्रीय समितिको बैठकको मिति तोकिने सचिवालयले जनाएको छ ।

केन्द्रीय सदस्य डा शेखर कोइरालाले खुलेआम नै केन्द्रीय समिति बैठक बोलाउन देउवालाई आब्हान गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ