मुलुकको मुख्य मुद्दा शान्ति, सुशासन र समृद्धि : प्रचण्ड
प्रकाशित २०७४ पुष १४ शुक्रबार
716
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख मुद्दा भएको बताएका छन् ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले शुक्रवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने, “हामीले जनताका बीचमा गरेका स्थिरता, शान्ति, सुशासन र समृद्धिको प्रतिबद्धता मुलुकको मुख्य एजेण्डा हो ।”
अध्यक्ष प्रचण्डले “अब देशलाई शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँछौँ” भन्दै “हामीले चलाएको दश वर्षे जनयुद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो, अहिले हामी त्यही संकल्पमा छौँ”, बताए ।
माओवादी प्रवक्ता पम्फा भुसालले राजनीतिक स्थायित्व र जनअपेक्षालाई सम्बोधन गर्न वाम गठबन्धन सफल रहने र त्यसका लागि नेकपा माओवादी केन्द्र प्रतिबद्ध भएर लागेको बताइन् ।