प्रदेश सभामा काँग्रेसका को को भए सांसद ? नामावली सहित
प्रकाशित २०७४ पुष १४ शुक्रबार
1k
Shares
काठमाडौं। नेपाली काँग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसद बनाउने नाम निर्वाचन आयोगलाई पठाएको छ। निर्वाचन आयोगमा दिउँसो नै पार्टीको तर्फबाट पत्र दर्ता भएको थियो। नाम भने राती मात्र पार्टीले बुझाउन सकेको हो।
नेपाली काँग्रेसको कार्यसम्पादन समितिको विहानैदेखि रातीसम्म भएको वैठकले नामहरुको टुङगो लगाएको हो। प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको हो। जसअनुसार प्रदेश नम्वर १ बाट १३ जना, २ बाट ११ जना, ३ बाट १४ जना, ४ बाट ९ जना , ५ बाट १२ जना, ६ बाट ५ जना र ७ बाट ८ जनाको नाम निर्वाचन आयोगमा काँग्रेसले पठाएको हो। ७२ जनामा ३७ जना महिलालाई काँग्रेसले प्रदेशमा पठाएको छ।
नाम टुङगो लगाउन नेताहरुबीच लामो छलफल र परामर्श भएको थियो। यसअघी निर्वाचन आयोगलाई पठाएका नामावलीको प्राथमिकताको क्रममा नेताहरुको गम्भिर छलफल भएको थियो। लामो छलफल पछि निर्वाचन आयोगले तोकेको अन्तिम म्यादमा काँग्रेसले आफ्नो नाम पठाउन सकेको हो। अरु दलले बिहिवार र शुक्रवार दिउँसो नाम पठाएका थिए।
शुक्रवार आयोगलाई नाम बुझाएपछि आयोगले यसअघी पठाएको प्राथमिकताको क्रमसँग जुधाएर हेर्नेछ। त्यसपछि मात्र ३ दिनपछि नाम आयोगले सार्वजनिक गर्नेछ। आयोगले नाम सार्वजनिक गरेपछि मात्र समानुपातिक सांसदको नाममा टुङगो लाग्नेछ। यस ३ दिनभित्र दलहरुले नाम मिलाउन समेत सक्नेछन्।