काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई झाडा पखालाले सताएको निजी सचिवालयले जनाएको छ । विरामीका कारण ओली सोमबारबाट कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।
चिकित्सकहरुको सल्लाह अनुसार ओलीले घरमै आराम गरि औषधी लिइरहेका छन् । उनको अवस्था निरन्तर सुधार भैरहेको जनाईएको छ ।