-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । काठमाडौंको रातोपुलमा मंगलबार राति साढे १० बजे तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
बा २९ प ८०७५ नम्बरको मोटरसाइकलमा सवार उनी मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुंदा गम्भीर घाइते भएका हुन् ।
महानगरिय प्रहरी प्रभाग गंगाहिटीमा कार्यरत प्रहरी जवान २२ वर्षिय किशन थापा गम्भिर घाइते भएका हुन् ।
उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।