पैसा सकियो व्यथा उस्तै

रामचन्द्र रायमाझी, प्रकाशित मिति : २०७४ पौष १९ बुधबार , ३,१८६ पटक हेरिएको

पाल्पा । भनिन्छ सन्तान ईश्वरका बरदान हुन भनेर तर माथागढी गाउँपालिका १ चिदीपानीकी कल्पना गिरी  लाई त्यहि सन्तान अभिसाप बनेको छ । दोश्रो सन्तानको रुपमा छोरा जन्मदा जति हर्षीत थिईन्,   गिरी अहिले छोराले दिएको दुःखले उत्तिनै बेखुसी छन्  । कारण  २२ वर्षीय छोरा  गोविन्द मानसिक रुपमा असन्तुलन अवस्थामा हुनु ।

 छोरा  जन्मदा खुसी भएकी  गिरीले  यतिबेलाई  त्यही छोरा  निल्नु न ओकल्नु जस्तै भएको बताईन्   । उनले भनिन् ,   सन्तान भनेको बुढेशकालको साहारा भन्ने गर्थे तर बुढेशकालमा सन्तानबाट साहारा पाउनुको सट्टामा त्यही सन्तानले जिवन मरणको दोसाधमा पुर्‍याउला भन्ने कल्पना नै गरेकी थिईन ।

२०७२ सालमा आएको विनाशकारी महाभुकम्पका कारण गोविन्दलाई मानसिक रुपमा क्षात विक्षात नै बनायो । पढाइ लेखाइ कम भएका कारण आमा बाबुको दुखको पिडामा मलम लगाउने सपना बोकेर रोजगारीको खोजीमा भारत हानिए । काम र दामको खोजीमा भारतको बम्वैको होटलमा पुगेका गोविन्दले होटलको मालीकले रोजगारी दिदा भगवानै भेटे जस्तो भयो । दुइ बर्ष होटलमा मजदुरी काम गरेवापत आफ्नो खर्च कटाएर ८० हजार भारतिय रुपैया घरमा पठाए ।  

आज भोली गिरिले विगत संझदै संभवत त्यो नै अन्तिम कमाइ हो कि? जस्तै लागेको बताईन्  । गाउँको पखेरो जमिन अन्नपात भए पनि बादरले सखापै पारिदिने त्यसैले बारीमा उब्जीएको अन्नले दुइ महिना पनि धान्दैन । बैशाख १२ गते महाविनाशकारी भुकम्प गयो । भुकम्पले हाम्रो घरलाई पनि बाकी राखेनन् । पुरानो सानो घरलाई पनि भुकम्पले आफ्नो निशाना बनायो । गाउँका छोराका साथीले भत्कीएको घर सामाजिक सञ्जाल फेसबुकमा राखिदिएछन् । भुकम्पले घर भत्कीए पछिको दुश्य देखेपछि गोविन्दको मन पनि भत्कीयो ।

घर भत्कीएको दृश्य मोबाइलमा देखपछि आमाबाबुको पिडा सहन नसक्दा मानसिक सन्तुलन नै गुम्यो । घर भत्कीयो होइन् फोनमा त्यही नै कुरा भएको थियो संभवत छोरा संगको त्यही नै अन्तिम राम्रो बोली भयो । आफ्नो भिनाजुको संगतबाट बम्बै पुगेको गोविन्द मानसिक सन्तुलन गुमाए पछि बम्बैको बजारमा वेवारीसे नै भए । छोरा छोरीलाई काडाले घोच्दा आमा बाबुलाई दुख्दछ तर बम्बैको शहरमा छोरा पागल भएर सडकमा भौतारिएको खबर पाउदाको क्षण कल्पना गरेरै साध्य छैन् । नजिक भए दिन रात लगाएरै भए पनि खोज्ने थिए । तर बम्बैमा सम्भव नै भएन् । ज्वाइलाई लिएर छोरा खोज्ने बम्बै पुग्दा झण्डै पचास हजार खर्च भयो तर मुटुको टुक्रा ठानेको छोरा भेटिएन् ।

छोरा खोजेर भेटिन्छ भन्ने आशामा बम्बै पुग्दा आफु संग भएको रुपैयाले औषधी उपचार गरेर निको गराउला भन्ने आशा त निराशामा परिणत भयो । मानसिक सन्तुलन गुमाएर सडकमा भौतारिएको छोरोको तस्बिर प्रहरीलाई दिएर निराशाको ज्वार भाटा मनभरी घरमा फर्कियो । एक महिना पछि मानसिक रुपमा विक्षिप्त भएको छोरालाई प्रहरीले भेटेको सन्देश पाउदाको क्षणमा गिरीमा हर्षको सिमा नै रहेन् ।

छोरो आफुले कल्पना गरे जस्तो रहेनछ । बम्बै पुगेर छोरालाई भेट्दाको क्षण त कल्पना भन्दा बाहिर नै छ । जसो तसो पूर्ण रुपले मानसिक सन्तुलन गुमाएको छोरालाई घरमा त ल्याए । त्यस पछि छोराले उपद्रो मच्याउदा त्यही छोराबाट ज्यान जोगाउनका लागि छिमेकीको सहारा लिनु परेको छ ।

छोराको उपचारको लागि पहिलो पटक तानसेनको मिसन अस्पताल लगियो तर त्यहा उपचार संभव हुदैन भनेर डाक्टरले भने पछि काठमाण्डौको पाटन अस्पताल पुर्‍याइयो । डेढ बर्ष सम्म पाटन अस्पतालमा उपचार गराउदा तीन लाख रुपैया सकियो छोराको व्यथा जस्ताको तस्तै ।

गाउँ देखि तानसेनको घर घरमा पुगेर ५/१० रुपैया मागेर जम्मा गरेको पैसा त सकियो । तर विवाह गर्ने उमेर पुगेको छोराको व्यथा सकिएन् । गाउँका सबैको सल्लाहमा भैरहवा स्थित मेडिकल कलेज सम्म पुर्‍याइयो त्यहा पनि करिब ५० हजार सकियो छोराको व्यथा सकिएन् । छोराको उपचारको खोजी गर्दा गर्दै पोखरा स्थित गण्डकी अस्पताल सम्म पुर्‍याइयो तर औषधीले काम गरेन् ।

गरिब भए पनि हरिब हुनु हुदो रहेनछ । एक दिन न एक दिन भगवानले पनि हेर्दा रहेछन् अहिले मलाई त्यस्तै अनुभव भएको छ । मेरो छोरा भनेर भएन् । छोरा छोरी असल राम्रो बाटोमा लागोस भन्ने आमाको बढि इच्छा हुदो रहेछ बाबुको भन्दा तर पनि हुदो रहेनछ । आमा बाबुलाई नै दुश्मन बराबर ठान्ने भयो छोराले । विरामी भएका बखत जे अगाडी फेला पार्‍यो त्यसैले हान्न लागेपछि सुनौलीको बीच बजारमा पुर्‍याएर छोडौ जस्तो लागेको थियो ।

रुपन्देहीको ड्राइभर टोलमा शाही राम माताको घरमा आफु संग भएको पिडा र वेदना मैले माता संग विसाए  गिरिले बताईन् । माताले औषधी गरेर निको हुन्छ त भन्नु भयो तर आफु संग एक कौडी पनि थिएन् । त्यही माताको सहयोगका कारण मासिक रुपमा ३५ हजार रुपैया खर्च बेहोर्ने गरी रुपन्देहीको चौतारी नेपाल हेल्थ फउण्डेसन नामक अस्पतालमा छोरालाई घरबाट बाबु तिम्रो विवाह गर्ने हो भनेर फकाएरै लगेको अब महिना दिन वित्न लाग्यो अस्पतालमा उपचारमा संलग्न मनोज ढुंगाना डाक्टरले लामो समय पछि भए पनि निको हुन्छ भन्दा छोरोलाई सन्चो हुने कुरामा आशावादी भए पनि पैसा कहाँबाट जोहो गर्ने भन्ने चिन्ताले न त रातीको दिन नत दिनको भोक भएको छ । पैसा सहयोग लिने ठाउँ पनि छैन तर आफ्नो छोराको रोग कसरी निको हुन्छ भन्ने त्यही पिर छ । भुकम्पले नै पागल बनायो छोरालाई आमा कल्पना गिरी दुखेसो पोखिन्  । उनले आशुँ झार्दै भनिन्  ,जहाँ होँचो त्यहि घोचो भनेझैँ आफ्नो जीवनमा यस्तै भएको छ ।   

 

नयाँ