वाम गठबन्धनबीच दरार ल्याउन विभिन्न खाले प्रचारबाजी भइरहेको छ: खनाल
प्रकाशित २०७४ पुष २० बिहिबार
233
Shares
बनियानी । नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता र नयाँ सरकार चाँडै गठन हुने बताएका छन् ।
झापाको बिर्तामोडमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा उनले भने– “एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई कुनै शक्तिले पनि रोक्न सक्दैन् ।”
पूर्वप्रधानमन्त्री खनालले “नयाँ सरकार र पार्टी एकता चाँडै हुन्छ, यस बिषयमा दुवै पार्टीबीच गृहकार्य भइरहेको छ,” भन्दै बाहिरी हल्लाको पछि नलाग्न आग्रह गरे।
“वाम गठबन्धनबीच दरार ल्याउन विभिन्न खाले प्रचारबाजी भइरहेको छ”–उनले भने, “त्यो सबै निराधार कुरा हुन् ।”