arrow

के सम्पदा पुननिर्माण गर्न काठको अभाव भएकै हो ?

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
kath.jpg

काठमाडौं । पर्यटन मन्त्रालयले सम्पदा पुनर्निर्माणको लागि काठको अभाव रहेको बताएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विकास समस्या समाधान समितिको बैठकमा मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो । योजना आयोगमा पुष ११ देखि १३ गतेसम्म भएको समितिको पूर्व तयारीका लागि बसेको बैठकमा पर्यटन मन्त्रालयका सचिवले सम्पदा पुनर्निर्माणको लागि विशेष साईजको काठमाडौं अभाव रहेकोले पुनर्निमाणमा समस्या सिर्जना भएको गुनासो गरेका थिए । 

कूल जमिनको ४४ प्रतिशत भाग बन क्षेत्रले खाएको नेपालमा सम्पदा पुनर्निमाणको लागि काठ पाईएन भनेर प्रधानमन्त्रीसँग गुनासो राख्नुपर्ने अवस्था आउनु आफैंमा दुखद् कुरा हो । आफैंले अन्य मन्त्रालयसँग समन्वय गर्न नसकेर प्रधानमन्त्रीसँग गुहार माग्न पर्नुले पनि के बजारमा काठ अभाव भएको हो ? भन्ने प्रश्न खडा भएको छ । 

बैठकमा बन तथा अन्य सरोकारवाला निकायलाई तत्कालै विशेष साईजको काठ उपलब्ध गराईदिन अनुरोध गरिएको छ । विभिन्न मन्त्रालयहरुले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष थरीथरीका समस्या दर्शाएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा विभिन्न १८ मन्त्रालयले कूल ५५ वटा समस्याहरु प्रधानमन्त्री समक्ष पेश गरेका छन् । बैठकमा राष्ट्रिय योजना आयोगले पहिलो चौमासिकमा विभिन्न मन्त्रालयको प्रगतिविवरण प्रस्तुत गरेको छ ।  

प्रत्येक ४ महिनामा बस्ने बैठकमा अन्तर मन्त्रालय समन्वय गरेर काम गर्नुपर्ने राष्ट्रिय महत्वका कामको बारेमा छलफल गरी समाधानको प्रयास गर्नुपर्ने हो । तर, कर्मचारीहरुले यस बैठक र यसका निर्णयहरुलाई त्यति चासोका साथ नहेर्दा यसको निर्णय कार्यान्वयन पक्ष भने चिन्ताजनक देखिने गरेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ