हलेसी आगलागी पिडितको सहयोगका लागी प्रधानमन्त्री समक्ष आग्रह
प्रकाशित २०७४ पुष २३ आइतबार
312
Shares
खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसीका आगलागी पीडितका लागि राहत उपलव्ध गराउन प्रधानमन्त्री समक्ष अनुरोध गरेको छ ।
गत मंगलबार राति भएको आगलागीमा घरसहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दासलगायतका पीडितको राहतका लागि नगरपालिकाले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आग्रह गरेको हो ।
विस्थापित परिवारको सहज जीवनयापनका लागि उपमेयर विमला राई र प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले आवश्यक राहतका लागि प्रधानमन्त्री समक्ष लिखित माग राखेका हुन ।
गत पुस १८ गते मगमको घरबाट शुरु भएको आगोले ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो ।
आगलागी भएको क्षेत्रको निरिक्षणका लागि शनिबार साँझ रक्षामन्त्री भिमसेनदास प्रधान हलेसी आइपुगेका हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताएका छन् ।