काठमाडौंसहित देशभर न्यूनतम तापक्रम केही दिन स्थिर रहने : पानी पर्ने र हिमपात हुने सम्भावना छैन
प्रकाशित २०७४ पुष २५ मंगलबार
268
Shares
काठमाठडौं । काठमाडौं उपत्यकामा अब केही दिन न्युनतम तापक्रम शुन्य कै हाराहारीमा रहने भएको छ । काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम अझै केही दिन स्थिर रही शून्यको हाराहारीमा रहने मौसमविद शान्ति कडेलले बताइन् ।
काठमाडौं सहित देशभरि नै केही दिन न्युनतम तापक्रम स्थिर रहने देखिएको छ । अबको केही दिन देशभरि कै मौसम सफा रहने भएकाले जमिनको ताप आकाशमा बहने र हावा चल्ने हुँदा न्यूनतम तापक्रम अहिलेकै हाराहारीमा रहने देखिएको हो ।
मंगलबार विहान शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम अस्ति आइतबार शून्य डिग्रीमा झरेको थियो । केही दिनदेखि उपत्यकाको न्युनतम तापक्रम शुन्यको हाराहारीमा रहेको रअझै केही दिन यही अवस्था रहने भएकाले चिसो केही समय यस्तै रहीरहने मौसमविद शान्ति कडेलले सुनाइन् ।
तराईमा पनि केही दिन देखि लगातार घाम नलाग्ने, बाक्लो हुस्सु र कुहिरो लागेपनि शितलहरको विकास भइनसकेको मौसमविद सुवास रिमालको जिकिर छ । दिनभर देखिएको कुहिरो रातमा हराउने क्रम दोहोरीरहेकाले शितलहर विकसित हुन नसकेको हो ।
पश्चिमी वायुले चिस्याउने मात्रै प्रभाव देखिएको छ भने पानी पर्ने र हिमपात हुने प्रणाली विकास हुन सकेको छैन । यसले गर्दा अझै केही दिन पानी पर्ने र हिमपात हुने सम्भवना छैन ।
अब पानी परिहाले पनि चिसो बढ्ने भन्दा पनि घट्ने सम्भावना रहेको छ । तर पानी पर्ने प्रणाली विकास नभएकाले तत्काल चिसो घटने देखिदैन ।
पानी पर्न नसक्दा उपत्यकामा धुलो धुवाले मानिसहरु आक्रान्त छन्, भने हिमाली भेगमा हिमपात नहुदा बालीनालीमा असर पुगेको छ ।