arrow

मीठो खाना नबनाएको भन्दै ज्यानै लियो निर्दयीले  

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
84-byanjan.jpg

नुवाकोट । आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको कुटपिटबाट मंगलबार मृत्यु भएको छ । 

विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको कामगर्न सँगै आएका छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । 

आइतबार राति दुई जनाबीच विवाद उत्पन्न हुँदा रोकाले सिग्देललाई लात्तीले प्रहार गरी मुटुमा चोट पुर्याएकाले नुवाकोटमा उपचार हुन नसकेपछि सोमबार साँझ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो । 

उपचारको क्रममा उनको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीका अनुसार कामदारहरुले आलोपालो गरी खाना पकाउने गरेकोमा सिग्देलले बनाएको खाना ‘मीठो नभएको’ भन्ने विषयमा विवाद उत्पन्न हुँदा कुटपिट भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ