सर्वोच्चमै गोपाल पराजुली विरुद्ध खनिए केसी (वयानको पाठ सहित)
प्रकाशित २०७४ पुष २५ मंगलबार
256
Shares
काठमाडौं । सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग मंगलवार बयान लिएको छ । केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्नुपर्ने बताएका छन्।
बयानका क्रममा प्रा डा केसीले अदालतमा सञ्चारमाध्यममा आफूले दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना भन्न नमिल्ने जिकिर गरे। पराजुलीको एसएलसीको सर्टिफिकेट फेला नपरेको, उमेर सच्चाएर नागरिकता लिएको, पूर्वधार नपुगेका मेडिकल कलेजलाई सम्बोधन दिएको लगायतका विषयमा अनुसन्धान हुनुपर्ने केसीले बताएका छन् ।