गोविन्द केसीको पक्षमा बहस गर्न झण्डै सय वकिलको नाम, ११ बजेदेखि बहस
प्रकाशित २०७४ पुष २६ बुधबार
413
Shares
काठमाडौं । प्रा डा गोविन्द केसीको पक्षमा झण्डै एक सय वकिलहरुले बहस गर्ने भएका छन् । १४ औं चरणको आमरण अनसन बसिरहेकै अवस्थामा अदालतको अवहेलना अभियोगमा गिरफ्तार भएका केसीको मुद्दामा मंगलबार बयान लिइएको थियो ।
सर्वोच्च अदालतमा बुधबार सुनुवाई हुँदैछ । सुनुवाईका लागि बुधबार बिहान १० बजे बोलाइएको छ ।
उनलाई साढे ९ बजे नै वीर अस्पतालबाट सर्वोच्च अदालत लगिएको छ।
बहस भने ११ बजेदेखि सुरु हुने अदालत स्रोतले जनाएको छ ।
बहसका लागि धेरैभन्दा धेरै वकिलले नाम लेखाएपछि आधा दर्जन जतिलेमात्र बहस गर्ने बुझिएको छ ।
ऐक्यवद्धता जनाउन पनि नाम बढी भन्दा बढीले लेखाएको स्रोतको दाबी छ । जनाइएको छ ।
मंगलबार नै सुनुवाई हुने कार्यतालिका रहे पनि बयान लिँदालिँदै समय सकिएपछि बुधबारका लागि सरेको हो ।
केसीले मंगलबार आफ्ना भनाइ निडर भएर जमेरै राखेका छन् ।
उनले अदालत वा न्यायाधीशको मानहानी नगरेको तर भ्रष्टाचारीलाई औला ठड्याएको बताएका छन् ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामालगायत माग राखेर उनले सोमबारदेखि १४ औँ अनशन थालेका केसीले हिरासतमा रहँदा पनि अनसनलाई जारी राखेका छन् । उनको रक्तचापसमेत न्युन भएको छ ।