चुनाव हारे पनि ग्रामीण भेगको विकासका लागि निरन्तर खट्छु : काँग्रेस नेता गुरुङ्ग
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ पुष २६ बुधबार
291
Shares
कञ्चनपुर । नेपाली काँग्रेसका नेता एव निर्वाचन क्षेत्र नम्बर १(क) प्रदेश सभा सदस्यमा पराजित गोपाल सिह गुरुङ्गले चुनाव हारे पनि ग्रामीण भेगको विकासका लागि निरन्तर खट्ने बताएका छन् । बुधबार महेन्द्रनगरमा पत्रकारसंग कुराकानी गर्दै नेता गुरुङ्गले चुनाव हारे पनि ग्रामीण भेगको विकासका लागि निरन्तर खट्ने बताएका हुन् ।
उनले आफु निर्वाचनमा मात्रै पराजित भएको बताउदै विकासका लागि नियमित काम गर्ने बचन समेत दिएका छन् । ‘म चुनाव मात्रै हारेको हुँ, ‘उनले भने, ‘चुनाव हादैमा विकासका लागि पछि पदैन् ।’ विकासका लागि आफुले निर्वाचन अघि देखि नै खटिएको बताउदै चुनाव र ग्रामीण क्षेत्रको विकास फरक विषय भएको बताए । नेता गुरुङ्गले लालझाँडी क्षेत्रका राना थारु समुदायको शैक्षिक उन्नतीमा जोडदिदै थारु समुदायको शैक्षिक विकास आफ्नो लक्ष्य रहेको बताए । लालझाँडी क्षेत्रको शैक्षिक विकासका लागि चुनावी एजेण्डा लिएका गुरुङ्गले अझैपनि राना थारु समुदायको शैक्षिक, आर्थिक र साँस्कृतिक विकासका लागि खट्निे बताए ।
आफु विकासवादी नेता भएको बताउदै गुरुङ्गले चुनाव हादैमा आफ्ना एजेण्डा नहारिने बताए । कञ्चनपुरको दीगो विकास र सम्बृद्धि आफ्नो संकल्प रहेको बताउदै उनले त्यसका लागि सरकारी निकायले तदारुकताका साथ अघि बढ्नुपर्नेमा जोडदिए ।
डोकेबजार–कालिका–बेलौरी–बेल्डाँडी हुँदै दैजी जोड्ने सडक, वाणि–देखतभूली–शंकरपुर हुँदै डोकेबजार जोड्ने सडकले दुत गति लिनुपर्नेमा जोडदिदै सडक निर्माण समान रुपमा हुनुपर्नेमा धारणा व्यक्त गरे ।
सरकारले चिसोका बेला घोषणा गरेको राहत कार्यक्रम कञ्चनपुरका सबै स्थानीय तहमा प्रभावकारी ढङगबाट कार्यान्वयनमा जोडदिए । नेता गुरुङ्गले ७ नम्बर प्रदेशको राजधानी कञ्चनपुरको पुर्नवास ७२ विगाह जमिनमा हुनुपर्ने धारणा व्यक्त गर्दै सचिवालय भवन एउटै भवनमा हुनुपर्नेमा जोडदिए ।
कञ्चनपुरको सीमा सुरक्षा, आरक्षपीडित, भूमिहिन, वाढीपीडितलाई उचित बसोबासको लागि प्रबन्ध मिलाईनुपर्नेमा जोडदिदै स्थानीय समस्या स्थानीय सरकारबाट पहल हुनुपर्नेमा जोडदिए । कञ्चनपुरको कटानी नियन्त्रणका लागि समेत स्थानीय, प्रदेश र केन्द्रीय सरकारबाट विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोडदिदै सरकारी निकायले कटानी नियन्त्रण भूमिका निर्वाह गर्नुपर्ने माग
गरेका छन् । समग्र कञ्चनपुरको दिगो विकास र सम्बृद्धिका लागि आफु तयार भएकाले विकासका लागि सम्बन्धित निकायमा ताकेता गर्ने काँग्रेस नेता गुरुङ्गको प्रतिज्ञा छ ।