संखुवासभामा जिप दुर्घटना : गाउँपालिका अध्यक्ष, योजना अधिकृतसहित ५ को मृत्यु
प्रकाशित २०७४ पुष ३० आइतबार
583
Shares
खाँदवारी । जिप दुर्घटना हुँदासंखुवासभामा ५ जनाको मृत्यु भएको छ । संखुवासभाको मकालु गाउँपालिकामा भएको दुर्घटनामा गाउँपालिकाका अध्यक्षसहित साविकको जिल्ला विकास समितिका योजना अधिकृतको समेत मृत्यु भएको छ ।
मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल र योजना अधिकृत सुवासचन्द्र कुँइकेल तथा स्थानीय सुरेश राईको पहिचान खुलेको छ । चालक र अर्का एक इन्जिनियरको परिचय नखुलेको प्रहरीले जानकारी दिएको छ ।
बा ५ च १३०९ नम्बरको जिप मकालु गाउँपालिका ३ सामाटारमा दुर्घटना भएको हो । चालकको समेत मृत्यु भएकाले दुर्घटनाको कारण नखुलेको बताइएको छ ।