arrow

डगल सिंह लिम्बु लगायत ६ जनालाई शहिद घोषणा गर्न माग

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
dhankuta_(3).jpg

काठमाडौं । प्रजातान्त्रिक आन्दोलन देखी माओवादी जनयुद्धको समयसम्म शाहदत प्राप्त गर्ने डगल सिंह लिम्बु सहित धनकुटाका ६ जना योद्धाहरुलाई राष्टिय शहिद घोषणा गर्न आइतवार नेपाल सरकार समक्ष माग गर्दै नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको छ ।

 माओवादीको जनयुद्धको समय २०५८ मा माओवादीले गोली हानी हत्या गरेका नेपाली कांग्रेस धनकुटाका तत्कालिन नेता तथा महाधिवेशन प्रतिनिधि डगल सेन लिम्बु,राणा शासनको विरुद्ध सशस्त्र युद्धमा मारिएका चैनपुरे कान्छा,बसखतजंग पापो ,पञ्यातको विरोधमा हतियार उठाउदा २०१९ सालमा  तत्कालीन शाही नेपाली सेनाले हत्या गरेका नारद प्रसाद नोगु, प्रजालाल राई, र राजा विरेन्द्रलाई विराटनगरमा बम हान्दा शाहदत प्राप्त गरेका रामकृष्ण श्रेष्ठलाई राष्टिय शहिद घोषणा गर्न माग गर्दै नेपाली कांग्रेस धनकुटाका निवर्तमान सभापति तथा निर्वतमान सांसद मनोहर नारायण श्रेष्ठ, सचिव विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले अर्थ मन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्र वहादुर कार्कीलाई ज्ञापन पत्र बुझाउदै अनुरोध गरेका छन ।

राणा शसन,पञ्चायतको विरुद्धमा संर्घष गर्दा र जनयुद्धको समयमा शाहदत प्राप्त गरेका धनकुटाका ६ जना योद्धाहरुलाई राष्टिय शहिद घोषणा गर्नका लागी प्रधानमन्त्री शेरबहादुर देउवा र विभिन्न मन्त्रीहरुलाई समेत ज्ञापन पत्र बुझाउने र ध्यानकर्षण गराउने कार्यक्रम रहेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ