arrow

देवघाटस्थित त्रिशूलीमा नुहाउने क्रममा डुबेर वृद्धको मृत्यु

logo
प्रकाशित २०७४ माघ १ सोमबार
trisuli-river-rafting.jpg.jpeg

रत्ननगर, चितवन । चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित माघी मेलामा नुहाउने क्रममा डुबेर सोमवार एक वृद्धको मृत्यु भएको छ ।

देवघाटस्थित झोलुङ्गे पुलमुनि त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर चितवन रत्ननगर नगरपालिका–३ का ७८ वर्षीय पदमनाथ अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

बिहान करिब १०:३० बजे नुहाउने क्रममा अचानक ढुङ्गाबाट चिप्लिएर अधिकारी त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।  घटनास्थलबाट करिब ३०० मिटर तल त्रिशूली र कालीगण्डकीको संगम बेनीमा बगाइरहेको देखेपछि सुरक्षामा खटिएको टोलीले उहाँको उद्धार गरेको थियो ।

गम्भीर अवस्थामा उद्धार गरिएका उनको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । शव अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ