-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जनकपुरधाम । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सल्लाहकार उदयकान्त ठाकुरको मंगलवार बिहान जनकपुरधाममा निधन भएको छ ।
केही महिनादेखि बिरामी रहेका ७६ वर्षीय ठाकुरको मंगलवार बिहान ६:३० बजे जनकपुरधामको देवीचोकस्थित आफ्नै निवासमा निधन भएको हो ।
उनि पञ्चायतकालमा जनकपुर नगरपालिकाको उपप्रमुखसमेत भएका थिए । भाषणकला सन्दर्भमा जनकपुर क्षेत्रमा उनि चर्चित थिए । उनको श्रीमती, एक छोरा र दुई छोरी छन् ।
परिवारजनका अनुसार उनको आजै जनकपुरको स्वर्गद्वारमा अन्तिम संस्कार गरिनेछ । रास