arrow

दिपक मनाङ्गे समूहका चार जनालाई सफाइ, मनाङ्गेको ? 

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
depak_manange.jpg

काठमाडौँ । सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा राजीव गुरुङ (दीपक मनाङ्गे) समूहका चारजनालाई सफाइ दिने पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको छ । 

न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलबार मनाङ्गे समूहका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिने २०६४ सालको पुनरावेदनकै फैसला सदर गरेको सहमहान्यायाधिवक्ता संजीवराज रेग्मीले जानकारी दिए ।

दीपक मनाङ्गेको समूहले २०६१ सालमा मिलन चक्रेलाई तरबार हानेको विषयमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा कर्तव्य ज्यानको मुद्दा चलाएको थियो । 

जिल्ला अदालतले मनाङ्गेलाई दुई वर्ष जेल सजाय सुनाएको थियो र गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिने फैसला गरेको थियो । 

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालत पाटनमा कर्तव्य ज्यान मुद्दामा नै पुनरावेदन गरेको थियो । 

पाटन अदालतले दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो भने अरू चार जनालाई काठमाडौँ अदालतको आदेशलाई सदर गरेको थियो । 

सरकारी वकिलको कार्यालयले मनाङ्गे समूहका चार जनालाई पनि जेल सजायको माग गरी सर्वोच्च अदालतमा अन्तिम पुनरावेदन गरेको थियो । 

सहन्यायाधिवक्ता रेग्मीका अनुसार सर्वोच्च अदालतमा मनाङ्गेको नाममा पुनरावेदन गरिएको थिएन । मनाङ्गेको पुनरावेदन गर्ने समय पत्रिकामा प्रकाशित गरेको थियो तर मनाङ्गेले पुनरावेदन गर्ने समय सकिएपछि अदालतमा पेशी चढेको हो । 

पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै सर्वोच्च अदालतले मनाङ्गे समूहका चारजनालाई सफाइ दिने पुनरावेदन अदालतको फैसला सदर गरेको तर मनाङ्गेको विषयमा सर्वोच्च अदालतले केही पनि बोलेको छैन । 

पुनरावेदन अदालत पाटनले सुनाएको पाँच वर्षको कैद सजायसँगै मनाङ्गेको नाम पनि जोडिएर आएको छ । 

पुनरावेदन अदालतले सुनाएको फैसला भने कार्यान्वयन भएको देखिदैन । मनाङ्गेले प्रदेशसभा निर्वाचनमा मनाङ्ग प्रदेश (ख) बाट चुनाव जितेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ