मन्त्रिपरिषद बैठक बस्ने साइत जुर्न नपाउँदै अनिश्चितकालीन बन्द घोषणा
प्रकाशित २०७४ माघ ३ बुधबार
712
Shares
तुलसीपुर । प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउन माग राख्दै बुधबारदेखि दाङमा अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ ।
दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।
बन्दका कारण बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीमा कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने बिहानैदेखि यहाँका शिक्षण संस्था, कलकारखाना बन्द रहेका छन् ।
त्यसैगरी जिल्लाका तुलसीपुर, नारायणपुर, घोराही, लमही, गढवा र भालुबाङ बजार पनि बिहानैदेखि बन्द रहेका छन् । सडकमा नागरिक स्वतःस्फूर्तरुपमा प्रदर्शनमा उत्रिएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ सडकखण्ड पूर्णरुपमा बन्द हुँदा भालुवाङ र अमेलियामा सवारीसाधन रोकिएका छन् ।
दाङलाई प्रदेशको राजधानी बनाउन सबै हिसाबले उपयुक्त भए पनि सरकार तथा राजनीतिक दलका नेताले राजधानी बनाउन षडयन्त्र गरिरहेको भन्ने जानकारी पाएलगत्तै आफूहरुले अनिश्चितकालीन जिल्ला बन्द गर्नुपरेको समितिका सदस्य–सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताए ।
प्रदेश ५ को राजधानी बुटबललाई तोक्न गुल्मी, अर्घाखाँची, रुपन्देही, पाल्पा र नवलपरासी पनि लागेका छन् भने कपिलवस्तुले कपिलवस्तुमै हुनुपर्ने माग राखेको छ ।
मन्त्री परिषद बैठक बस्न नपाउँदै बन्द आब्हान गरेर सरकारलाई अस्थायी राजधानीकै लागिसमेत दवाव दिने काम भएको छ । धकुटामा पनि बन्द आब्हान गरिएको छ ।
प्रतिपक्षी दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अस्थायी मुकाम तोक्नेकाम सरकारको भएको भन्दै पन्छिएका छन् । काँग्रेस नेतृत्वको सरकार दबाबमा परेको छ ।