arrow

प्रदेश प्रमुख तोकेकोमा वाम गठबन्धन सकारात्मक, ढिलो गरेको गुनासो

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
subash-chand-nembang.jpeg

काठमाडौं । प्रदेश प्रमुख तोक्ने जिम्मा सरकारकै भएको भन्दै पञ्छिएको वाम गठबन्धनले सरकारले प्रदेश प्रमुख तोक्न निकै ढिला गरिदिएको प्रतिक्रिया दिएको छ ।

वाम गठबन्धनको संयुक्त कार्यदलका संयोजक एवं एमाले नेता सुवास नेम्बाङले सरकारले प्रदेश प्रमुख तोक्न निकै ढिलाई गरिदिएको बताए ।

उनले भने, ‘हाम्रो यो विषयमा क्रिया प्रतिक्रिया भन्दा पनि यो निकै ढिला गरी तोकियो । पहिले नै हुनु पर्दथ्यो । हामीले भनेकै थियौँ, अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने काम सरकारकै हो र त्यो संविधान र ऐन कानुन अनुसार गरियोस् ।’

ढिलो गरेपनि तोक्यो, यसलाई त्यसरी नै लिऔँ, हाँस्दै नेम्बाङले भने, ‘अहिलेलाई संविधान र कानुन अनुसार नै तोक्यो होला भनौँ । के कति प्रक्रिया पुर्‍याएको छ भन्ने कुरा आउला नि ! ।’ वाम गठबन्धन ढिलो गरी प्रदेश प्रमुख तोकिए पनि अब राष्ट्रिय सभाको निर्वाचनको तयारीले गति लिने र प्रदेश सभाले पूर्णता पाउनेमा आशावादी भएको छ ।   

लामो प्रतिक्षपछि सरकारले वुधबार मात्रै प्रदेश प्रमुख तोक्यो । वुधबार दिउँसो दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले सात वटै प्रदेशका प्रमुख तोकेको हो ।

सरकारले तोक्यो प्रदेश प्रमुख, कुन् प्रदेशमा को ?

पटक–पटकका मन्त्रिपरिषद बैठकले छलफल गरे यसअघि ठ्याक्कै नाम घोषणा हुन सकेको थिएन । सरकारले नाम रिफारिस गरेकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने छन् ।

कुन प्रदेशको अस्थायी मुकाम कहाँ ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ