arrow

अस्थायी प्रदेश राजधानी घोषणाले कहाँ कहाँ चर्कियो आन्दोलन ? 

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार

काठमाडौं । सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेपछि आन्दोलन चर्किएको छ । प्रदेश नम्बर ४ बाहेकका क्षेत्रमा आन्दोलन चर्किएको हो । कतै हिंसात्मक भएको छ भने कतै शान्तिपूर्वक दबाबमुलक भइरहेको छ । 

प्रदेश नम्बर ४ को अस्थायी राजधानी पोखरालाई तोकिएको छ । पोखराको विकल्प नभएकाले पनि त्यो स्थायी राजधानी नै हुनेछ । सो क्षेत्रका जानकारहरु पोखराको जत्ति भौतिक पूर्वाधार अन्त कुनै ठाउँमा नभएकाले पोखरा निर्बिकल्प हो । 

प्रदेश ६ को सुर्खेतको विकल्पमा पनि खासै आन्दोलित भएका छैनन् । विरोधका स्वर सुनिएका छन् । 

आन्दोलन चर्केका क्षेत्रहरुमा 
प्रदेश ५ – 
दाङ–प्रदेश ५ को प्रदेशमा आक्रोश छ । दाङलाई राजधानी तोक्नका लागि ठूलै हिंसा भएको छ । दाङवासी आक्रोशित भएका छन् ।

जारी आन्दोलन अझ कडा बनाउने भन्दै उनीहरुले सबै क्षेत्र बन्द गरेका छन् । प्रदेशको अस्थायी राजधानी रुपन्देही तोकिएकामा उनीहरुले बिहिबारदेखि अनिश्चितकालिन आम हड्ताल नै गरेका छन् । 

उनीहरुले कुनै पनि सरकारी कार्यालयमा कामकाज संचालन हुन नदिने भन्दै तालाबन्दी नै गरेका छन् । 

उनीहरुले अस्पताल र एम्बुलेन्सबाहेक सबै क्षेत्र बन्द गराइने जानकारी गराउँदै माघ ३ गतेलाई कालो दिनका रुपमा मनाउने घोषणा समेत गरेका छन् । 

कपिलवस्तु– प्रादेशिक राजधानी कपिलवस्तु हुनुपर्ने  माग गर्दै कपिलवस्तु युवा संघर्ष समितिले  ३ दिन बन्द आब्हान गरेको छ । सरकारले पुनर्विचार
 नगरे आन्दोलनलाई अझ चर्काउने उनीहरुको निर्णय भएको छ । बन्दको असर देखिएको छ । 

प्रदेश १–
धनकुटा–प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई तोकिएपछि धनकुटामा आगो बलेको छ । यसअघिदेखि नै धनकुटेलीहरु धनकुटाको विकल्प हुन नसक्ने भन्दै आन्दोलनमा होमिएका थिए । 

धनकुटेलीहरु भारतको नजिक विराटनगर राख्नु भनेको सिंगो १ नम्बर प्रदेशलाई सुरक्षा चुनौती भएको भन्दै उनीहरुले आगो बालेका हुन् । 

यसअघि नै धनकुटेलीहरुले हरेक सरकारी कार्यालयलाई विभिन्न मन्त्रालयको नाम दिएर मुकाम नै खडा गरिसकेका छन् । 

प्रदेश २–
वीरगञ्ज– प्रदेश २ को राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा बन्द आव्हान गरिएको छ । तोडफोडसमेत भएको छ । 

प्रदेश ३–
प्रदेश ३ को राजधानी मकवानपुरको हेटौंडा तोकिएपछि भक्तपुर र पूर्वी बेल्टमा आक्रोश छाएको छ । एमाले नेता महेश बस्नेतले कुनै हालतमा नमान्ने उद्घोष गरिसकेका छन् । 

काभ्रे र सिन्धुपाल्चोकमा पनि विरोधका स्वर आएका छन् । सडकमै ओर्लिएको अवस्था छैन । 

प्रदेश ७–
प्रदेश ७ को अस्थायी राजधानी धनगढी बनाउने निर्णय भएसंगै दिपायलमा आगो बलेको छ । दिपालयलाई कुनै पनि हालतमा राजधानी बनाउने भनी पहिलेदेखि नै आन्दोलितहरु यतिबेला झनै आक्रोशित भएका छन् । 

प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीको ट्राफिक पोस्टमा आगजनी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ