arrow

५० बिघा जमिन भारततिर सारिएको भन्दै सरकारको ध्यानाकर्षण 

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
student-mag.jpg

पोखरा । वीरगञ्ज महानगरपालिका १ छ्पकैयाका नेपाली जनताको नाममा लालपुर्जा रहेको करिब ५० बिघा जमिन भारततर्फ पर्नेगरी सिमास्तम्भ सारिएको घटनाको अनुसन्धान गर्न सरकारसंग माग गरिएको छ । 

नयाँ सिमास्तम्भ राख्ने क्रममा वर्षौंदेखि नेपाली नागरिकता र नेपालकै घरजग्गा लालपुर्जा भएकाहरुलाई भारततर्फ पारेर विधिवत रुपमा सिमा मिचाउने काम भएको भन्दै यसको सत्यतथ्य अनुसन्धान र छानबिनको लागी सरकारलाई ध्यानाकर्षण गर्न अनेरास्ववियु पश्चिमाञ्चल क्याम्पस २७औं कमिटीले शुक्रबार पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस गेटमा दबाब मुलक कार्यक्रमको आयोजन गरेको हो ।

कार्यक्रममा ‘विस्तारबादी उपज,निरिह सरकार, छपकैया र स्वाधीनताको रक्षा हाम्रो सरोकार’ भन्ने मुख्य नारा राखिएको थियो।

क्याम्पस कमिटी उपाध्यक्ष बिक्रम भुसालको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोकाय, विशेष अतिथि कास्की त्रिवि जिल्ला कमिटी अध्यक्ष विवेक देवकोटा, स्ववियु सहसचिव अनिल पंगेनी, क्याम्पस कमिटी उपाध्यक्ष सम्राट पौडेल, सचीव निमेषबाबु ओली तथा संगठन विभाग प्रमुख किरण पौडेलले आफ्नो भनाइ राखेका थिए । 

कार्यक्रम बोल्ने अधिकांशले प्रदेशको राजधानीको विषयमा बन्द हडतालमा उत्रनेहरुलार्इ प्रदेश राजधानीको लागि हैन, राष्ट्रिय भुमी र सिमा सुरक्षाका निम्ति आवाज बुलन्द गर्न अनुरोध गरेका थिए । 

सीमा सुरक्षा,राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाका लागि जस्तो सुकै मूल्य चुकाउन पछी नपर्ने अनेरास्ववियु हिजो सुस्ता र लिपुलेक बचाउन लागिपरे जस्तै आज विरगन्जको छपकैया जोगाउन पनि लागिपर्ने उद्घोष प्रमुख अतिथि नरेश रोकायले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ