राष्ट्रपति कार्यालयले नीजी सञ्चारमाध्यमलाई दिएन फोटो खिच्न, गेटमा क्यामरा प्रदर्शन
प्रकाशित २०७४ माघ ५ शुक्रबार
394
Shares
काठमाडौँ । राष्ट्रपति भवन शीतल निवासमा नीजी सञ्चार माध्यमका फोटो पत्रकारहरुलाई तस्बिर खिच्न नदिएर समाचार संकलनमा अवरोध गर्नुका साथै अपमान गरिएको छ।
शुक्रबार प्रदेश प्रमुखहरुको शपथ समारोहमा फोटो खिच्न पुगेका पत्रकारहरुलाई प्रवेश दिइए पनि शपथ समारोहमा जान नदिएर अपमान गरेको फोटो पत्रकार बर्षा शाहले भनिन्, 'हामीलाई राष्ट्रपति कार्यालयले फोटो खिच्न भित्र लगे पनि ब्याग राख्ने ठाउँसम्म मात्र जान दियो। पछि शपथ समारोहमा सरकारी सञ्चार माध्यमलाई मात्रै भित्र प्रवेश दिइयो। यो हामीलाई अपमान पूर्ण व्यवहार लाग्यो।'
उनका अनुसार नीजी सञ्चार माध्यमलाई प्रवेशमा रोक लगाएपछि उनीहरुले क्यामेरा प्रदर्शन गरेर विरोध जनाएका थिए। साथै उनीहरुले अबदेखि राष्ट्रपति कार्यालयको फोटो र समाचार बहिस्कार गर्ने चेतावनी दिएका थिए।