arrow

किन गरे धनकुटाका काँग्रेस पदाधिकारीले सामुहिक राजीनामा ? 

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
congress-dhankuta.jpg

धनकुटा । नेतृत्वले धोका दिएको भन्दै धनकुटाका जिल्ला पदाधिकारीहरुले सामुहिक राजीनामा दिएका छन् । आफ्नै पार्टी सभापति नेतृत्वको सरकार हुँदा पनि प्रदेश नम्बर १ को राजधानी धनकुटा नतोकेको भन्दै शनिबार उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । 

शनिबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेससँग सम्बद्ध रहेको जिल्ला कार्य समिति, गाउँपालिका, नगरपालिका र जिल्ला तहका सबै पार्टी पदाधिकारीले सामुहिक राजीनामा दिएको घोषणा गरेका हुन्।

धनकुटाका जिल्ला सभापति अग्निप्रसाद पौडेलले राणाकाल, पञ्चायतकाल, बहुदलीय व्यवस्थामासमेत क्षेत्रीय सदरमुकामको रुपमा कायम रहेको ठाउँलाई अहिले अन्याय भएको बताए।

उनले प्रयाप्त भौतिक पूर्वाधार रहेको धनकुटालाई छोडेर विरानगरमा प्रदेश राजधानी तोकिनुले समग्र धनकुटेलीलाई अन्याय भएको भन्दै मातृभूमिभन्दा ठूलो पार्टी नहुने पनि बताए । 

धनकुटेली जनताले विगत ३६ दिनदेखि लगातार आन्दोलन गर्दा पनि कांग्रेसको नेतृत्वमा रहेको सरकारले गरेको अदूरदर्शी र अन्यायपूर्ण निर्णय गरेको उनले बताएका छन् । 

प्रदेश १ का १४ वटै जिल्लामा सडक संजाल जोड्ने जिल्ला हुँदा पनि हेपिनु कुनै हालतमा पनि सहनयुक्त नहुनेसमेत धनकुटेली काँग्रेसीहरुको निचोड छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ