arrow

धनगढीमा सपथ ग्रहण गरिरहेका सांसदको डोटीमा जल्दै थियो पुत्ला

logo
गणेश मौनीे,
प्रकाशित २०७४ माघ ७ आइतबार
doti_news2.jpg

डोटी । प्रदेश ७ को अस्थायी मुकाम धनगढीलाई तोकिएपछि डोटीलगायत पहाडी जिल्ला अशान्त छन् । प्रदेश सांसदहरुले सपथ खाइरहँदा समेत त्यो आन्दोलनको राप घटेन । र, प्रदेश सांसदको समेत पुत्ला जल्यो ।

धनगढीमा प्रदेश सांसदहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै गर्दा  डोटीमा दिपायललाई राजधानी बनाउन माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयले सपथ ग्रहण गर्नेको पुत्ला जलाए ।

प्रदर्शनकारीले डोटीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको पुत्ला जलाएका हुन् । प्रदेश सभा सांसदहरुसँगै उनीहरुले प्रतिनिधि सभाका सदस्य र मन्त्रीको समेत पुत्ला जलाए ।

दिपायललाई प्रदेश ७ को राजधानी बनाउन प्रयाप्त आधारहरु हुदा हुदै राजनीतिक रुपमा पहुँच नपुगेको र डोटीबाट प्रतिनिधित्व गर्ने सांसदहरु जनतामाझ नआएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विरबहादुर बलायर, प्रतिनिधि सभा सदस्य प्रेम आलेमगर र प्रदेश सभा सदस्य भरत खड्का र त्रिलोचन भट्टको पुत्ला बनाएर जलाइएको हो ।

आन्दोलन २६औं दिनमा आइपुग्दा समेत राज्य र राजनीतिक दलबाट कुनै प्रतिक्रिया नआएको भन्दै प्रदर्शनकारी झन् आक्रोशित भएका छन् ।

आन्दोलनकारीले सिलगढी र दिपायलमा प्रदर्शन कायमै राखेका छन् । आन्दोलनकारीले डोटीबाट प्रदेश सभा र प्रतिनिधि सभामा निर्वाचित सांसद मन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

आम हड्तालकैबीच प्रदेश सभा सदस्यहरुले भने धनगढी पुगेर सपथ ग्रहण गरेका छन् । प्रदेश ७ मा ५३ सांसद मध्ये ५१ जना प्रदेश सांसदले सपथ ग्रहण गरे ।  

प्रदेश प्रमुख मोहनराज मल्लले जेष्ठ सदस्य ७४ वर्षीया दिव्येश्वरी शाहलाइ शपथ गराए भने शाहले प्रदेश शभाका अन्य सदस्यलाई सपथ ग्रहण गराइन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ