arrow

बन्द हडताल फिर्ता, आन्दोलनको स्वरुप परिवर्तन

logo
गणेश माैनी,
प्रकाशित २०७४ माघ ७ आइतबार
doti_(2).jpg

डोटी ।  प्रदेश नं. ७ को राजधानी डोटीको दिपायल हुनु पर्ने माग राख्दै पुस १२ गते देखि गरिएको आन्दोलनको स्वरुप परिवर्तन गरि डोटी बन्द फिर्ता भएको छ ।  माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनको कार्यक्रमहरुलाई मध्यनजर गर्दै आईतवार साँझ पाँच बजेदेखि यातायात, बजार, शिक्षण संस्थाहरु, बित्तीय संस्थाहरु र निर्वाचन अधिकृतको कार्यालय खुला हुने आन्दोलन संयोजन समितिले जानकारी दिएको छ ।

समितिका सदस्य दिपकबहादुर खड्काले दिएको जानकारी अनुसार सरकारी कार्यालयहरु र गैरसरकारी संस्थाका कार्यालयहरु भने बन्द नै रहने छन । उनले भने ‘माघ १२ गते सम्म वन्द फिर्ता भएको छ, त्यसपछि के गर्ने भन्ने बिषयमा १२ गते बस्ने बैठकले निर्णय गर्नेछ ।’

समितिले दिएको जानकारी अनुसार आन्दोलनका अन्य कार्यक्रमहरु भने यथावत रहने छन । सोमवार देखि माघ १२ गतेसम्म प्रत्येक दिन दिउसो १२ वजेदेखि सम्वन्धित स्थानमा धर्ना दिने र दिउसो २ वजेदेखि ४ बजेसम्म बजार बन्द गर्ने निर्णय भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ