खुल्ला ठाउँमा आगो बाल्न प्रतिबन्ध, अटेरी गरे कारबाही
प्रकाशित २०७४ माघ ७ आइतबार
624
Shares
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा खुल्ला रुपमा आगो बाल्न नदिन कडाई गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा काठमाडौं उपत्यकामा बायुप्रदूषण नियन्त्रणको सम्बन्धमा बसेको बैठकले उपत्यकाभित्र खुल्ला रुपमा आगो बाल्न प्रतिबन्ध लगाएको हो ।
संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकाका विभिन्न स्थानीय तहलाई पठाएको पत्रमा खुल्ला रुपमा आगोबाल्न नियन्त्रण गर्न भनेको छ । फोहोरमैला व्यवस्थापन ऐनको अधिनमा रहि यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
यसरी अटेरी गर्ने कार्यालयलाई ऐन अनुसार कारबाही गर्न पनि भनिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।